दिपेन्द सिं ऐरीको वरियता यथावत्

बुधबार, मंसिर २४, २०८२

काठमाडौँ :आइसीसी टी–२० अलराउण्डर वरियतामा नेपालका दिपेन्द सिं ऐरी आठौँ स्थानमा यथावत रहेका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्बजनिक गरेको वरियतामा ऐरी यथास्थनामा रहेका हुन् । भारतका हार्दिक पाण्डेले ३ स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएका छन् ।

टी–२० अलराउण्डरको शीर्ष स्थानमा पाकिस्तानका सैइम अयुब तथावत छन् । टी–२० ब्याटिङतर्फ दिपेन्द्र सिं ऐरीले एक स्थान सुधार गर्दै ७३ औँ स्थानमा पुगेका छन् । नेपालकै आशिफ शेख र कुशल भुर्तेलको पनि वरियतामा एक–एक स्थान सुधार आएको छ । वलिङतर्फ सबै नेपाली खेलाडीको वरियता खस्किएको छ ।

ललित राजवंशीको वरियता दुई स्थान खस्किएर ७८ औँ स्थानमा आइपुगेका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  १५:२९
प्रतिक्रिया दिनुहोस्