T10 T10

क्वालीफायर -२ मा पुग्न काठमाडौं र लुम्बिनी भिड्दै

बुधबार, मंसिर २४, २०८२
Global

काठमाडौं :काठमाण्डु गोर्खाजले गत संस्करण नेट रनरेटकै कारण प्लेअफ गुमाएको थियो। तर यसपटक भने उसले शानदार सुरुवात गर्‍यो—उद्घाटन खेलमै साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै। बीचका दुई खेलमा पराजय भोगे पनि पछिल्ला चारै खेल जितेर प्लेअफ सुरक्षित गर्‍यो। तर रनरेट कमजोर परेकै कारण उसले फेरि एलिमिनेटरमै खेल्नुपरेको हो।

लुम्बिनी लायन्सका लागि गत संस्करण बिर्सनलायक थियो—एक जितमै टुंगिएको यात्रा। यसपटक पनि चितवन राइनोजलाई हराउँदै राम्रो सुरुवात गरे पनि लगातार तीन हार ले प्लेअफ सम्भावना धमिलिएको थियो। तर टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो।
मध्यक्रममा निरोशन डिक्वेला र सन्दीप जोरालाई उकास्ने निर्णय लुम्बिनीका लागि टर्निङ प्वाइन्ट सावित भयो। अन्त्यतिर प्राप्त लयलाई आज पनि दोहोर्‍याउन सके लुम्बिनी प्लेअफमा प्रभावशाली बन्न सक्छ।

दुवै टोलीबीच हालसम्म दुई पटक भेट भएको छ—र दुवैमा काठमाण्डुले नै जीत हात पारेको छ। गत संस्करणमा १८ रनले, यसपटक २२ रनले उसले लुम्बिनीलाई हराएको थियो।

लिग चरणमा काठमाण्डुले ५ जित, २ हार र लुम्बिनीले ४ जित, ३ हार दर्ता गरेका थिए।

आजको विजेताले भोलि हुने दोस्रो क्वालिफायरमा विराटनगर किङ्ससँग खेल्नेछ।

प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्