सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा 

विराटनगर ७७ रनले पराजित
मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ :सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

आज पहिलो क्वालिफायरमा विराटनगर किंग्सलाई ७७ रनले हराउँदै सुदुरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । जितका लागि  सुदुरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा ७८ रनमा अलआउट भयो ।

उसकालागि फाप डु प्लेसीले सर्वाधिक ३६ , मर्चेन्ट डे लेङ्गाले १५ तथा बसीर अहमदले १२ रनको योगदान गरेपनि अन्य कुनैपनि ब्याटरले दोहारो अंकको रन जोड्न सकेनन् ।

विराटनगरलाई सस्तैमा समेट्ने क्रममा अविनाश बोहरन,स्कट कुगेलेइजन र हरमित सिंले समान २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको सुदुरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । उसकालागि विनोद भण्डारीले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ६३ रनको योगदानगरे । आरिफ शेख र सेल्डन ज्याक्सनले समान २०–२० रन तथा हरमित सिंले १४ ,मुख्तर अहमदले १० रन जोडे । बलिङतर्फ प्रतिश जीसी र मर्चेन्ट डे लेङाले दुई–दुई विकेट लिए ।

जितसंगै सुदुरपश्चिम फाइनल पुग्दा विराटनगरले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । दोस्रो क्वालिफायर प्रवेशका लागि भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ ।

उक्त खेलको विजेताले विराटनगरसंग खेल्नेछ । 


 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १९:१२
प्रतिक्रिया दिनुहोस्