विराटनगरको खराब सुरुवात,२ ओभरमा ३ विकेट झर्यो

मंगलबार, मंसिर २३, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा विराटनगर किंग्सले खराब ब्याटिङ गरेको छ  ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी खेलमा फाइनल पुग्न सुदूरपश्चिमले दिएको  १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले निकै खराब सुरुवात गरेको हो । ओभरको पहिलो बलमै विकेट गुमाएको विराटनगरले ओभरको अन्तिम बलमा दोस्रो विकेट गुमाएको थियो ।

पहिलो विकेटका रुपमा साम हेजलेट,दोस्रोमा मार्टिन गुप्टिल तथा तेस्रो विकेटका रुपमा दोस्रो ओभरको पहिलो बलमा नरेन भटट् आउट भएका हुन् ।

यो समाचार तयारपार्दा सम्म विराटनगरले २.२ ओभरमा ३ विकेट गुमाएर ११ रन जोडेको छ । 
 

प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्