सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल पुग्न सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्ससामु १५६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको सुदुरपश्चिमले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनायो । उसकालागि विनोद भण्डारीले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ६३ रनको योगदानगरे । आरिफ शेख र सेल्डन ज्याक्सनले समान २०–२० रन तथा हरमित सिंले १४ ,मुख्तर अहमदले १० रन जोडे ।
बलिङतर्फ प्रतिश जीसी र मर्चेन्ट डे लेङाले दुई–दुई विकेट लिए । सुदूरपश्चिम अंक तालिकाको शीर्ष स्थान र विराटनगर दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा स्थान पक्का गरेका हुन् । सुदूरपश्चिमले लिग चरणमा सातमध्ये ६ खेल जितेको थियो भने विराटनगरले पाँच खेल जितेको थियो । लिग चरणमा विराटनगरसँग मात्रै हारेको सुदूरपश्चिमलाई आजको खेलमा बदला लिँदै फाइनल पुग्ने चुनौती छ ।
आजको खेलमा पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ । दोस्रो क्वालिफायर प्रवेशका लागि भोलि काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सबीच एलिमिनेटर खेल हुनेछ ।