सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :नेपाल प्रिमियर लिग (एनपिएल) को रोमाञ्चक चरण आजदेखि झनै तातेको छ। क्वालिफायर–१ मा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स फाइनल टिकटका लागि आज भिड्दैछन्। आजको विजेताले सिधै फाइनल यात्रा सुनिश्चित गर्नेछ।
समूह चरणमै विराटनगरसँग ठूलो हार ब्यहोरेको सुदूरपश्चिम आज बदला र फाइनल दुबै लक्ष्य बोकेर मैदान उत्रिदैछ। लगातार ६ खेल जित्दै क्वालिफायर–१ मा पुगेको सुदूरपश्चिमलाई अन्तिम खेलमा विराटनगरले रोक्दै यहाँसम्म ल्याएको हो।
विराटनगर भने उत्कृष्ट फर्ममै छ। डु प्लेसिस आएपछि टिमको ब्याटिङ झनै सुदृढ बनेको छ भने, चोटपछि फर्किएका मार्टिन गप्टिलले सुदूरपश्चिमविरुद्ध ९ बलमा ३ छक्का सहित २२ रन प्रहार गर्दै टिमको आत्मबल बढाएका छन्। यसै बलियो प्रदर्शनका आधारमा विराटनगर पहिलो पटक प्लेअफमा प्रवेश गर्दै शीर्ष-२ मा उक्लिएको हो।
सुदूरपश्चिमको नयाँ हतियार दुई विदेशी खेलाडी बाहिरिएपछि सुदूरपश्चिमले नयाँ शक्ति थपेको छ—
सेल्डन ज्याक्सन :(आईपीएल खेलेका भारतीय क्रिकेटर)
मुख्तर अहमद :(अमेरिकामा खेलिरहेका पाकिस्तानी पूर्व–टी२० खेलाडी)
यी दुवै खेलाडीको आगमनले सुदूरपश्चिमको मध्य–क्रम र स्थायित्वमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हार्ने टिमका लागि अझै अर्को मौका आज हार्ने टोली बाहिरिने छैन।इलिमिनेटरमा काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स बीचको भिडन्तको विजेताले क्वालिफायर–१ को हार्ने टिमसँग क्वालिफायर–२ मा प्रतिस्पर्धा गर्दै फाइनल यात्रा सुरक्षित गर्नेछन्।