कर्णालीसंग जनकपुर ३ रनले पराजित

आइतबार, मंसिर २१, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्ससंग जनकपुर बोल्ट्स पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीसंग ३ रनले पराजित हुँदै जनकपुर अंक तालिकाको पुछारमा रहेर प्रतियोगिता अन्त्य गरेको छ । जितकालागि कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२६ रन मात्रै बनाउन सक्यो । उसकालागि सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५१ रन जोडे ।

संगित कुरीले २५ तथा माज सदाकतले १२ रन जोडे ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । उसका लागि इम्रान शेखले सर्वाधिक ३३ रनको योगदान गरे ।  गुल्सन झाले १९ तथा  कप्तान सोमपाल कामीले अविजित १८ रन बनाउँदा  प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन जोडे ।

बलिङ तर्फ जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले  एक–एक विकेट लिए । 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १८:५१
प्रतिक्रिया दिनुहोस्