कर्णालीविरुद्ध जनकपुरको खराब प्रदर्शन

आइतबार, मंसिर २१, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सविरुद्धको खेलमा जनकपुर बोल्ट्सले खराब पदर्शन गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कर्णालीले दिएको १ सय ३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको जनकपुरले खराब प्रदर्शन गरेको हो । यो समाचार तयार पार्दा सम्म १० ओभरको खेल सकिदाँ जनकपुरले ४ विकेट गुमाएर ४२ रन बनाएको छ ।

उसकालागि माज सदाकद ब्यक्तिगत १२ रन बनाएर आउट भएका छन् । अनिल शाह र आशिफ शेख शुन्य रनमा आउट हुँदा मयन यादव ९ रनमा पवेलियन फर्किएका छन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । उसका लागि इम्रान शेखले सर्वाधिक ३३ रनको योगदान गरे ।  गुल्सन झाले १९ तथा  कप्तान सोमपाल कामीले अविजित १८ रन बनाउँदा  प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन जोडे ।

बलिङ तर्फ जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले  एक–एक विकेट लिए । दुबै टोली प्लेअफबाट बाहिरिसकेकाले आजको खेल प्रतिस्ठाकालागि मात्रै रहनेछ । 
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्