सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आफ्नो अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनायो । उसका लागि इम्रान शेखले सर्वाधिक ३३ रनको योगदान गरे । गुल्सन झाले १९ तथा कप्तान सोमपाल कामीले अविजित १८ रन बनाउँदा प्रियान्क पन्चालले १६, विलियम बोसिस्टोले १५ र नजिबुल्लाह जाद्रनले १३ रन जोडे ।
बलिङ तर्फ जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले दुई–दुई तथा संगीत कुरे, अनिलकुमार साह र माज सदाकतले एक–एक विकेट लिए ।
दुबै टोली प्ले-अफबाट बाहिरिसकेकाले आजको खेल प्रतिस्ठाकालागि मात्रै रहनेछ ।