एनपिएल :जनकपुर र कर्णाली भिड्दै 

आइतबार, मंसिर २१, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट अन्तर्गत लिग चरणका अन्तिम खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यी दुई टोलीबीचको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो साढे ३ बजे सुरु हुनेछ । जनकपुर पहिले सिजनको विजेता टोली हो भने कर्णाली तेस्रो बनेको थियो । यसपटक लगातार हारको नतिजा निकाल्दै यी दुवै टोली लिग चरणबाटै बाहिरिएका छन् । ६ खेलमा समान २ अंक जोडेको कर्णाली सातौँ र लुम्बिनी आठौँ स्थानमा छ ।

कर्णालीले लिगको आफ्नो दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध नौ विकेटको जित निकालेको थियो । यस्तै जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो ।

एनपीएलमा पर्सि मंगलबार पहिलो क्वालिफायर खेलमा सुदूरश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्