चितवनलाई ८ विकेटले हराउँदै पोखराको सुखद् अन्त्य

शनिबार, मंसिर २०, २०८२

काठमाडौँ :पोखरा एभेन्जर्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा सुखद् अन्त्य गरेको छ ।

आज भएको खेलमा चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै पोखराले प्रतियोगितामा सुखद् अन्त्य गरेको हो । जितकालागि चितवनले दिएको  १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गर्यो ।

पोखराको जितमा एडक रोसिङ्टनले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ६५ रनको योगदान गरे । ४८ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । अर्जुन कुमालले अविजित ४३ तथा कप्तान कुशल भुर्तेलले ४ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १२० रन बनाएको थियो । चितवनकालागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेस रमजानीले ३३ तथा कप्तान कुशल मल्लले २३ रन जोडे ।

बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान एक विकेट लिए ।

जितसंगै पोखराले ६ अंक जोड्दै पाँचौ स्थानमा रहेर प्रतियोगिताबाट बिदा भएको छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्