सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :भारतविरुद्धको तेस्रो तथा अन्तिम एक दिवशीय क्रिकेटमा दक्षिण अफ्रिकाले २७१ रनको चुनौति प्रस्तुत गरेको छ ।
विशाखापटनामा टस हारेर पहिले ब्याटिङमा तानिएको दक्षिण अफ्रिका ४७.५ ओभरमा २७० रनमा अलआउट भयो । उसकालागि क्वीन डन डि ककले सतकिय पारी खेल्दै सर्वाधिक १०६ रन जोडे । कप्तान टिम्बा बभुमाले ४८ , डेवाल्ड ब्रेभिसले २९ तथा म्याथ्यू ब्रिट्ज्केले २४ रन जोडे ।
दुबै टोली आज जित निकाल्दै श्रृखंला कब्जा गर्ने दाउमा छ ।
यसअघि भएको पहिलो खेलमा भारत १७ रनले विजयी हुँदा दोस्रो खेलमा दक्षिण अफ्रिका ४ विकेटले विजयी भएको थियो ।