चितवनद्धारा पोखरासामु १२१ रनको चुनौति

शनिबार, मंसिर २०, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजले पोखरा एभेन्जर्ससामु १२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा  ६ विकेट गुमाउँदै १२० रन बनायो । चितवनकालागि देव खनालले सर्वाधिक ३५ रन बनाए । अल्पेस रमजानीले ३३ तथा कप्तान कुशल मल्लले २३ रन जोडे ।

बलिङतर्फ पोखराका धनञ्जय लक्षनले सर्वाधिक तीन विकेट लिए । किरण ठगुन्ना, रोहित चन्द र विपिन खत्रीले समान एक विकेट लिए । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्