एनपिएलमा आज दुई खेल हुँदै

शनिबार, मंसिर २०, २०८२

काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज दुई  खेलहरू तय भएका छन्।

पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन्। खेल बिहान ११:४५ बजेबाट सुरु हुनेछ। दुबै टिम प्लेअफमा पुगेका भए पनि स्थान निर्धारणका कारण खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा छ।

सुदूरपश्चिम शीर्ष स्थानमा उक्लँदै पहिलो क्वालिफायर सुरक्षित गरिसकेको छ। विराटनगर भने हाल तेस्रो स्थानमा छ र आज ठूलो अन्तरले जित्न सके दोस्रो स्थानमा उक्लिएर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायरमा भिड्ने मौका पाउनेछ।

दोस्रो खेल चितवन राइनोज र पोखरा एभेन्जर्सबीच दिउँसो ३:३० बजे हुनेछ।

दुवै टिम प्लेअफबाट बाहिरिइसकेकाले यो खेल परिणाम–स्वतन्त्र रहनेछ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०९:०२
प्रतिक्रिया दिनुहोस्