एपीएफको विजयी सुरुआत, नास्रिन स्पोर्ट्स ४–० ले पराजित

शनिबार, मंसिर २०, २०८२

काठमाडौँ :साफ महिला क्लब च्याम्पियनसिप २०२५ मा एपीएफ क्लबले विजयी सुरुआत गरेको छ। शुक्रवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एपीएफले बंगलादेशको नास्रिन स्पोर्ट्स क्लबलाई एकतर्फी ४–० ले पराजित गरेकाे हाे।

खेलको ३७ औँ मिनेटमा रश्मीकुमारी घिसिङको गोलले एपीएफले पहिलो हाफमै अग्रता बनाएको थियो। मीना देउवाको सुन्दर पासलाई अवसरमा बदल्दै रश्मीले टोलीलाई १–० ले अघि बढाइन्।

दोस्रो हाफमा एपीएफ अझै आक्रामक बन्यो। ७० औँ मिनेटमा मीना देउवाको गोलसँगै अग्रता दोब्बर भयो। त्यसपछि ८० औँ मिनेटमा रश्मीले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोरलाई ३–० बनाइन्।
इन्जुरी समयमा मीना देउवाले पुनः गोल थपेपछि खेल एपीएफको शानदार ४–० को जितसहित समाप्त भयो।

एपीएफ एफसीले अब प्रतियोगिताको दोस्रो खेल डिसेम्बर ११ मा भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग साँझ ६ बजे खेल्ने तालिका छ।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्