सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटको प्लेअफ पुग्ने चार वटै टोलीको टुंगो लागेको छ ।
आज भएको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गरेसंगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो । लुम्बिनी प्लेअफमा पुग्दा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिएका छन् । जितकालागि जनकपुरले दिएको १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । जोन म्याथु सर्टले ३४ तथा जोनाथन स्मीथले २१ रन बनाए ।
त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको जनकपुरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनाएको थियो । उसकालागि संगीत कुरेले सर्वाधिक ४५ रनको योगदान गरे । मय्यन यादवले २७ तथा आशिफ शेखले २० रन जोडे । सञ्जय कृष्णमुर्ति १४ तथा शुभ कंसाकार ११ रनमा समेटिए । अनिल शाह ७ तथा माज सदाकत ६ रनमा समेटिदाँ कप्तान जान निकोल लोफ्टी–इटन शुन्य रनमा आउट भए । बलिङतर्फ रोहित पौडेल र शेर मल्लले समान २–२ विकेट लिए ।
सुदूरपश्चिम रोयल्स यसअघि नै क्वालिफायर–१ मा प्रवेश गरिसकेको । विराटनगर किङ्स र काठमाडौँ गुर्खाज संगै लुम्बिनीले पनि प्लेअफमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्ग भोली शनिवार दुई खेल हुनेछन् ।
विहान सवा ११ बजे हुने पहिलो खेलमा विराटनगर र सुदुरपश्चिम तथा दिउँसो साँढे ३ बजे हुने अर्को खेलमा चितवन र पोखरा आमने सामने हुनेछन् । यी हुन् प्लेअफ पुग्ने चार टोली : सुदूरपश्चिम रोयल्स विराटनगर किङ्स काठमाडौँ गुर्खाज लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिएका चार टोली : पोखरा एभेन्जर्स, चितवन राइनोज जनकपुर बोल्ट्स कर्णाली याक्स