सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत जनकपुर बोल्ट्सले लुम्बिनी लायन्ससामु जितकालागि १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको जनकपुरले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो ।
उसकालागि संगीत कुरेले सर्वाधिक ४५ रनको योगदान गरे । मय्यन यादवले २७ तथा आशिफ शेखले २० रन जोडे । सञ्जय कृष्णमुर्ति १४ तथा शुभ कंसाकार ११ रनमा समेटिए । अनिल शाह ७ तथा माज सदाकत ६ रनमा समेटिदाँ कप्तान जान निकोल लोफ्टी–इटन शुन्य रनमा आउट भए । बलिङतर्फ रोहित पौडेल र शेर मल्लले समान २–२ विकेट लिए ।
आजको खेल जितेमा लुम्बिनी प्लेअफमा पुग्नेछ । लुम्बिनीको जितले पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिनेछन् । साबिक उपविजेता सुदूरपश्चिम रोयल्स यसअघि नै क्वालिफायर–१ मा प्रवेश गरिसकेको ।
विराटनगर किङ्स र काठमाडौँ गोर्खाजले पनि प्लेअफमा स्थान पक्का गरिसकेका छन्।