T10 T10

कराँची र ट्रान्सपोर्ट गोलरिहत बराबरीमा

शुक्रबार, मंसिर १९, २०८२
Global

काठमाडौँ :साफ क्लब महिला च्याम्पियनसिप आजदेखि काठमाडौंमा सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको उद्धघाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले गोल रहित बराबरी खेलेका छन् ।

आजै साँझ ६ बजे हुने दोस्रो खेलमा घरेलु टोली एपीएफ एफसीले बंगलादेशको नास्रिन स्पोट्र्स एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ। नेपाली राष्ट्रिय टिमका धेरै खेलाडीसमेत रहेका एपीएफले दुई जना पुलिस क्लबका खेलाडी अनुबन्ध गरी टिमलाई अझ सुदृढ बनाएको छ। कप्तान अनिता बस्नेतले घरेलु समर्थकहरूको अगाडि उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास व्यक्त गरेकी छन्।

नेपालको एपीएफ, भारतको ईस्ट बंगाल, पाकिस्तानको कराँची एफसी, बंगलादेशको नास्रिन स्पोट्र्स एकेडेमी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी सहित यस संस्करणमा पाँच टोलीले सहभागिता जनाएका छन् ।
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्