आईपीएल २०२६ अक्सनमा नदेखिने ५ अन्तर्राष्ट्रिय खेलाडी

शनिबार, मंसिर २०, २०८२

काठमाडौँ:भारतीय प्रिमियर लिग (आईपीएल) २०२६ को अक्सन (लिलामी) डिसेम्बर १६ मा अबुधाबीमा हुँदैछ। यसपटक कुल १,३५५ खेलाडीले दर्ता गराएका छन् तर खाली स्थान ७७ मात्र छन्। सबै टोलीको बजेटमा पर्याप्त रकम बाँकी भएकाले लिलामी रोचक हुने अपेक्षा छ। तर केही अन्तर्राष्ट्रिय स्टार यसपटक लिलामीमा देखिनेछैनन् । आज हामी आईपीएल २०२६ लिलामीमा अनुपस्थित रहने ५ विदेशी खेलाडीको चर्चा गर्दै छाैँ ।

१. ग्लेन म्याक्सवेल

भारतीय प्रिमियर लिगका १३ सिजन खेलेका अष्ट्रेलियाली अलराउन्डर ग्लेन म्याक्सवेलले यसपटक नीलामीमा भाग नलिने पुष्टि गरेका छन्। उनले २,८१९ रन र ४१ विकेट लिएका छन्।
उनीलाई पन्जाब किंग्सले रिलिज गरेपछि उनले २०२६ को नीलामीमा नाम नदिने निर्णय गरे, तर उनले भारतीय प्रिमियर लिगबाट अवकाश भने लिएका छैनन्।

२. आन्द्रे रसल

वेस्ट इन्डिजका शक्तिशाली अलराउन्डर आन्द्रे रसलले केही समयअघि भारतीय प्रिमियर लिगबाट अवकाश लिएपछि उनी २०२६ को नीलामीमा देखिँदैनन्।
उनी २०१४ देखि कोलकाता नाइट राइडर्सका मुख्य खेलाडी रहे। उनले आईपीएल करियरमा २,६५१ रन र १२३ विकेट लिएका छन्।
उनीले आफ्नो करियरमा दिल्ली डेयरडेभिल्स (हालका दिल्ली क्यापिटल्स) र कोलकाताका लागि खेले।

३. फाफ डु प्लेसिस

आईपीएल २०२६ मिनी नीलामीबाट नाम फिर्ता लिने पहिलो खेलाडी दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस थिए।
उनले सामाजिक सञ्जालमार्फत आफू यसपटक भारतीय प्रिमियर लिगको लिलामीमा नदेखिने र पाकिस्तान सुपर लिग २०२६ मा खेल्ने जानकारी दिएका थिए।
गत सिजन उनी दिल्ली डेयरडेभिल्स (क्यापिटल्स) का लागि खेलेका थिए।

४. मोईन अली

लगातार ८ सिजन भारतीय प्रिमियर लिग खेलेका इङ्ल्यान्डका मोईन अलीले पनि यसपटक लिलामीमा भाग नलिने निर्णय गरेका छन्।
उनले पनि फाफ डु प्लेसिसजस्तै पाकिस्तान सुपर लिग (पीएसएल) मा खेलने घोषणा गरेका छन्।
उनले ७३ खेल खेल्दै १,१६७ रन र ४१ विकेट लिएका छन्।

५. बेन स्टोक्स

इङ्ल्यान्डका कप्तान बेन स्टोक्स भने भारतीय क्रिकेट नियन्त्रक बोर्ड (बीसीसिआइ) को कडा नियमका कारण नीलामीको सूचीमा समावेश हुन पाएनन्।
गत वर्ष मेगा लिलामीअघि लागू भएको नियमअनुसार—
यदि कुनै खेलाडी मेगा नीलामीमा सहभागी हुँदैन भने, उसलाई आगामी दुई लिलामीमा प्रतिबन्धित गरिन्छ।
यही कारणले स्टोक्स चाहे पनि आईपीएल २०२६ नीलामीमा भाग लिन नपाउने स्थिति बनेको हो।

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्