सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौं :दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
६ खेलबाट ६ अंक मात्र कमाएको लुम्बिनीका लागि प्लेअफ सम्भावना जिउँदो राख्न जित अनिवार्य छ। लुम्बिनी आज विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिनेछन्।
जनकपुरको प्रदर्शन भने निराशाजनक छ। टिमले अहिलेसम्म ५ खेलमा २ अंक मात्रै जोड्न सकेको छ।
यसअघि नै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायर–१ मा प्रवेश गरिसकेको छ भने विराटनगर किङ्स र काठमाडौँ गोर्खाजले पनि प्लेअफ स्थान पक्का गरिसकेका छन्।