एनपिएल -२  :प्लेअफ दौडमा लुम्बिनीको डू अर डाइ’ खेल आज

शुक्रबार, मंसिर १९, २०८२

काठमाडौं :दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज अपराह्न ४ बजे लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन्।

६ खेलबाट ६ अंक मात्र कमाएको लुम्बिनीका लागि प्लेअफ सम्भावना जिउँदो राख्न जित अनिवार्य छ। लुम्बिनी आज विजयी भएमा पोखरा एभेन्जर्स, चितवन राइनोज र जनकपुर बोल्ट्स प्रतियोगिताबाट बाहिरिनेछन्।

जनकपुरको प्रदर्शन भने निराशाजनक छ। टिमले अहिलेसम्म ५ खेलमा २ अंक मात्रै जोड्न सकेको छ।

यसअघि नै साबिक उपविजेता सुदूरपश्चिम रोयल्स क्वालिफायर–१ मा प्रवेश गरिसकेको छ भने विराटनगर किङ्स र काठमाडौँ गोर्खाजले पनि प्लेअफ स्थान पक्का गरिसकेका छन्।

       
टोली खेल अंक स्थिति
सुदूरपश्चिम रोयल्स क्वालिफायर–१मा प्रवेश
विराटनगर किङ्स प्लेअफमा
काठमाडौँ गोर्खाज प्लेअफमा
लुम्बिनी लायन्स आज जिते प्लेअफ सम्भावना
चितवन राइनोज आजको नतिजामा निर्भर
पोखरा एभेन्जर्स आजको नतिजामा निर्भर
जनकपुर बोल्ट्स बाहिरने सम्भावना उच्च
       

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १४:५३
प्रतिक्रिया दिनुहोस्