सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा आज जनकपुर बोल्टस् र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल अपरान्ह ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । प्लेअफमा पुग्न दुवै टोलीलाई जित्नै पर्ने दबाब छ । लुम्बिनीले ६ खेलमा ३ जितसहित ६ अंक जोडेको छ भने जनकपुरले ५ खेलमा १ जितसहित जम्मा २ अंक जोडेको छ ।
आजको खेल जितेमा प्लेअफका लागि जनकपुरको पनि गणितीय सम्भावना रहनेछ भने लुम्बिनीले जितेमा प्लेअफमा स्थान बनाउने छ ।
प्लेअफमा पुग्ने तीन टोलीको टुंगो भने लागि सकेको छ । चौथो टोली बन्नका लागि चार फ्रेन्चाइजी टिम प्रतिस्पर्धारत छन् ।
यसअघि हिजो भएको खेलमा आफ्नो अपराजित यात्रा कायम राख्दै सुदूरपश्चिम रोयल्सले चितवन राइनोजविरुद्ध ४९ रनको जित निकालेको छ । यससँगै सुदूरपश्चिमले एनपीएलको क्वालिफायर–वानमा स्थान बनाएको छ ।
यस्तै हिजै भएको खेलमा पोखरा एभेन्जर्सलाई पराजित गर्दै काठमाडौं गोर्खाजले प्लेअफमा स्थान बनाएको छ भने सुदूरपश्चिमसँग चितवन राइनोज पराजित हुँदा विराटनगर किंग्सले पनि प्लेअफमा स्थान सुरक्षित गर्यो ।