कोहली र गायकवाडको सतकमा दक्षिण अफ्रिकासामु ३५९ रनको चुनौति

बुधबार, मंसिर १७, २०८२

काठमाडौँ :विराट कोहली र ऋतुराज गायकवाडले सतकिय पारी खेलेपछि दक्षिण–अफ्रिकाविरुद्धको दोस्रो एकदिवशीय क्रिकेटमा भारतले ३५९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

राईपुरमा टस हारेरेसुरुवाती ब्याटिङ थालेको भारतले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनायो । उसकालागि गायकवाडले सर्वाधिक १०५ तथा कोहलीले १०२ रन जोडे । कप्तान केएल राहुल र रविन्द्र जडेजा क्रमश  ६६ तथा २४ रनमा अविजित रहे । घरेलु टोली भारत आज दक्षिण अफ्रिकालाई हराउँदै श्रृंखला जित्ने दाउमा छ ।

पाहुना टोली पनि भारतलाई हराउँदै श्रृखंला बराबरी गर्न चाहान्छ । पहिलो खेलमा भारतले दक्षिण अफ्रिकालाई १७ रनरले हराएको थियो ।

तीन खेलको एक दिवशीय सिरिज लगत्तै दुबै टोलीले पाँच खेलको टी–२० आई श्रृखंला खेल्ने तालिका छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्