सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लुम्बिनी लायन्ससामु जितकालागि १४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको विराटनगरले निर्धारित ओभरमा ८ विकेट गुमाएर १४४ रन बनायो । उसकालागि लोकेश बलमे सर्वाधिक ३५ रनको योगदान गरे । बसिर अहमदले २८ साम हिजलेटले २७ तथा फाप डु प्लेसिसले १२ रन बनाए ।मर्चेन्ट डे लेङ्गा १० तथा सन्दीप लामीछाने ६ रनमा अविजित रहे ।
सुरुवातमै अनुभवी ब्याटर जर्ज मुन्सेलाई गुमाएर दबाबमा परेको विराटनगरका ब्याटर लुम्बिनीका बलरसामु खुलेर खेल्न सकेनन् । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ शेर मल्लले सर्वाधिक ३ विकेट लिए । जोनाथन स्मीथ रुबेन ट्रम्पेलम्यान र अभिषेश गौतमले एक÷एक विकेट हात पारे ।
पाँच खेलबाट आठ अङ्क जोडेको रिाटनगर तेस्रो स्थानमा छ । समान अंक भएपनि काठमाण्डु गुर्खाज रनरेटका आधारमा दोस्रो स्थानमा छ । विराटनगर आजको खेल जितेर एक खेलअगावै प्लेअफमा पुग्न चाहान्छ ।
लुम्बिनीपनि विराटनगरलाई हराउँदै प्लेअफको सम्भावना जिवितै राख्ने योजनामा छ ।