लुम्बिनीले विराटनगरलाई दबाबमा राख्यो

बुधबार, मंसिर १७, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा विराटनगर किङ्ग्सलाई लुम्बिनी लायन्सले सुरुवातमै दबाबमा राखेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ थालेको विराटनगरले दोस्रो बलमै विकेट गुमाएपछि दबाबमा आएको हो । शेर मल्लको बलमा जर्ज मुन्से ओभरको दोस्रो बलमै आउट भएपछि निकै दबामा परेको विरटानगरले दोस्रो विकेटका रुपमा फाप डु प्लेसिसलाई गुमाएको छ । अभिषेश गौतमको बलमा उनी ब्यक्तिगत १२ रनमा समेटिएका हुन् ।

यो समाचार तयारपार्दा सम्म विराटनगरले ३.३ ओभरको समाप्तीमा २ विकेटको क्षतिमा १५ रन जोडेको छ । सन्दीप लामिछाने नेतृत्वकोे विराटनगर आज लुम्बिनीलाई हराउँदै एक खेलअगावै प्लेअफमा पुग्न चाहान्छ ।

प्लेअफको समभावना जीवितै राख्न लुम्बिनीलाई पनि आजको खेल जित्नैपर्ने दबाब छ ।
 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्