यु–१९ एशिया कपः नेपालले पहिलो खेल श्रीलंकासंग खेल्ने

बुधबार, मंसिर १७, २०८२

काठमाडौँ :यु–१९ एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

एशियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिताको आधिकारिक फिक्स्चर बाहिर ल्याएको हो । यूएईमा मंसिर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समुहमा  नेपालसंगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन्। त्यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन्।
नेपालले समूह चरणमा तीन खेल खेल्नेछ।

पहिलो खेल – मंसिर २७  :नेपाल विरुद्ध श्रीलङ्का

दोस्रो खेल – मंसिर २९  :नेपाल विरुद्ध  बङ्गलादेश

तेस्रो खेल – पुस २  :नेपाल विरुद्ध  अफगानिस्तान

तीनै खेल यूएईको द सेभेन्स स्टेडियम मा हुनेछ। सबै खेल स्थानीय समय बिहान ९ बजे सुरु हुने एसीसीले जनाएको छ ।प्रतियोगिताको सेमिफाइनल पुस ४ गते, र फाइनल पुस ६ गते तय गरिएको छ।

-यस्तो छ खेल तालिका :

release_SrbnDbF9f7-1764749249.jpg


 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  १३:५३
प्रतिक्रिया दिनुहोस्