सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :यु–१९ एशिया कप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।
एशियन क्रिकेट काउन्सिल (एसीसी) ले प्रतियोगिताको आधिकारिक फिक्स्चर बाहिर ल्याएको हो । यूएईमा मंसिर २६ देखि सुरु हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । उक्त समुहमा नेपालसंगै बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन्। त्यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेशिया रहेका छन्। नेपालले समूह चरणमा तीन खेल खेल्नेछ।
पहिलो खेल – मंसिर २७ :नेपाल विरुद्ध श्रीलङ्का
दोस्रो खेल – मंसिर २९ :नेपाल विरुद्ध बङ्गलादेश
तेस्रो खेल – पुस २ :नेपाल विरुद्ध अफगानिस्तान
तीनै खेल यूएईको द सेभेन्स स्टेडियम मा हुनेछ। सबै खेल स्थानीय समय बिहान ९ बजे सुरु हुने एसीसीले जनाएको छ ।प्रतियोगिताको सेमिफाइनल पुस ४ गते, र फाइनल पुस ६ गते तय गरिएको छ।
-यस्तो छ खेल तालिका :