लुम्बिनीको अन्तिम मौका, विराटनगरसँग आज निर्णायक भिडन्त

बुधबार, मंसिर १७, २०८२

काठमाडौं :सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा आज एउटा मात्रै तर निर्णायक भिडन्त हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा अपराह्न ४ बजे विराटनगर किङ्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले अहिलेसम्म पाँच खेलबाट ८ अंक बटुलेर बलियो अवस्थामा छ। विपरीत, रोहितकुमार पौडेल नेतृत्वको लुम्बिनीले पाँचमध्ये केवल २ खेलमा मात्र जित निकाल्न सकेको छ।

प्लेअफको दौडमा टिकिरहन लुम्बिनीका लागि आजको खेल  जित्नैपर्ने दवाब छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १७, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्