T10 T10

चाइनिज ताइपेईसंग नेपाल पराजित

मंगलबार, मंसिर १६, २०८२
Global

काठमाडौँ :नेपाल महिला राष्ट्रिय फुटबल टिम नेपाली समय अनुसार मंगलबार भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा चाइनिज ताइपेईसँग १–० ले पराजित भएको छ।

इन्डोनेसियाको योग्यकार्तामा भएको वर्षाले प्रभावित खेलमा दुवै टोलीले आफ्नो स्वाभाविक खेल देखाउन सकेनन्।

खेलको ५३औँ मिनेटमा केइ–सिन हुवाङले गरेको एकमात्र गोलले चाइनिज ताइपेईलाई जित दिलायो।

यससँगै चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जित्दै उपाधि हातपारेको छ। यसअघि इन्डोनेसियालाई ५–० ले हराएको थियो।

नेपालले भने दुवै खेलमा हार व्यहोर्नुपर्‍यो। यसअघि नेपाल इन्डोनेसियासँग २–१ गाेलले पराजित भएको थियो।

पूरा खेलभर नेपालले निर्णायक आक्रमण बनाउन नसक्दा गोलविहीन रह्यो।

प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्