सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ: कर्णाली याक्स नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिएको छ । आज भएको दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग ३४ रनले पराजित हुँदै कर्णाली प्लेअफको दौडबाट बाहिरिएको हो । जितकालागि पोखराले दिएको २०२ रनको लक्ष्य पछ्याएको कर्णाली १९ ओभरमा १६७ रनमा अलआउट हुन पुग्यो । कर्णालीका लागि मार्क वाटले सर्वाधिक ५९ रन बनाए पनि अन्य खेलाडीहरुले सम्झन लायकको प्रदर्शन गर्न सकेनन् । नजिबुल्लाह जद्रानले २४, पवन सर्राफले १९ तथा प्रियांक पञ्चाल १६ तथा कप्तान सोमपाल कामीले १३ रन बनाएपनि अन्य कुनै ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् । त्यसअघि र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको पोखराले निर्धारित ओभरमा २ विकेट गुमाएर २०१ रन बनाएको थियो । उसकालागि इङ्लिस ब्याटर एडम रसिङ्टनले सतकिय पारी खेल्दै सर्वाधिक १०८ रनमा अविजित रहे । पोखराले जोडेको २०१ रन एनपिएल इतिहासकै अहिले सम्मकै दोस्रो ठूलो रन हो । पाँचौं खेलमा दोस्रो जित निकालेको पोखराको प्लेअफ सम्भावना कायमै छ ।
यसअघि आजै भएको पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पाखा लगाउँदै जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।चितवनले दिएको १ सय ७७ रनको लक्ष्य जनाकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पुरा गरेको हो । प्रतियोगिता अन्तर्गत भोली हुने एक मात्रै खेलमा दिउँसो ४ बजे बिराटनगर किंग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ ।