सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सले जितकालागि कर्णाली याक्सलाई २०२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङमा तानिएको पोखराले निर्धारित ओभरमा २ विकेट गुमाएर २०१ रन बनायो । उसकालागि इङ्लिस ब्याटर एडम रसिङ्टनले सतकिय पारी खेल्दै सर्वाधिक १०८ रनमा अविजित रहे ।
५५ बल खेलेका उनले ११ चौका र ६ छक्कासहित १०८ रन बनाए । जेसन रोयले ४६ , धनञ्जय लक्षणले २३ तथा कुशल भुर्तेलले १८ रन बनाए ।
पाेखराले जोडेको २०१ रन एनपिएल इतिहासकै अहिले सम्मकै दोस्रो ठूलो रन हो । यसअघि विराटनगरले पोखरा सर्बाधिक बिरुद्ध २२० रन बनाएको थियो ।
२०२ रनको लक्ष्य पछ्याएको कर्णालीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।