सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ ।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पाखा लगाएको हो । चितवनले दिएको १ सय ७७ रनको लक्ष्य जनाकपुरले १७.३ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको हो ।
उसका लागि माज सदाकतले सर्वाधिक ६३ रन बनाउँदा अनिल शाह ६१ रन बनाएर आउट भए । आरिफ शेखले १८ रन जोडे । आदित्य मेहताले ७ बलमा १८ रन जोडे । चितवनका सोहिल तनविर, कमलसिह ऐरी र अमर रौतेलाले एकएक विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको चितवनले चार विकेटको क्षतिमा १ सय ७६ रनको बनाएको थियो । चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रनको योगदान गरे । यसैगरी, अर्जुन साउदले ५२ र कप्तान कुशल मल्लले अविजित ३० रन बनाए । जनकपुरका लागि जान निकोल लोफ्टी इटोन, अनिलकुमार साह, माज सदाकत र आदित्य महताले एक–एक विकेट लिए ।
आजै हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।