सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ:नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलमा एक दुर्भाग्यपूर्ण घटना घटेको छ। चितवनका कप्तान कुशल मल्लले अन्तिम ओभरमा प्रहार गरेको शक्तिशाली छक्का बाउन्ड्री लाइन नजिक रहेकी ‘रेड बुल’ चिअरलिडरको नाकमा लाग्दा उनी घाइते भएकी छन्।
मल्लको प्रहार गरेको बल दर्शकदीर्घातर्फ उड्दै जाँदा अचानक चिअरलिडरमा ठोक्किएको थियो। चोट लागेपछि उनी तत्क्षणै ढलेकी थिइन्। खेलको इनिङ सकिनासाथै कप्तान मल्ल पेभेलियन फर्किनुभन्दा अघि सीधै चिअरलिडरको अवस्थाबारे बुझ्न पुगेका थिए। उनले स्वास्थ्यबारे जानकारी लिँदै सहानुभूति प्रकट गरेका छन्।
घाइते चिअरलिडरलाई मैदानमै प्राथमिक उपचार प्रदान गरिएको थियो। नाकमा चोट रहेका कारण उनलाई स्ट्रेचरमार्फत थप उपचारका लागि अस्पताल लगिएको आयोजकले जनाएको छ। हाल उनी खतरामुक्त रहेको बताइएको छ।