सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाललाई हराउँदै एसीसी यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि युएईले जितेको छ ।
आज भएको फाइनलमा नेपाललाई २७ रनले पाखा लगाउँदै घरेलु टोलीले उपाधि रक्षा गरेको हो । जितकालागि युएईले दिएको १४८ रनको लक्ष्य पछ्याएको नेपाल ३३.२ ओभरमा १२० रनमा अलआउट हुन पुग्यो । नेपालकालागि कप्तान अशोक धामीले सर्वाधिक ३४ रनको योगदान गरे । आशिष लुहार र रोशन विश्वकर्माले समान २५–२५ रन बनाउँदा भान्स क्षेत्रीले ११ रन जाडे ।
त्यसअघि यूएईको कारवान क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको युएई ४५ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४७ रनमा समेटिएको थियो । उसकालागि कप्तान अहमद खुदादादले सर्वाधिक ७१ रनको योगदान गरे । नुरउल्लाह अयोबीले २६ तथा अयान मिस्बाहले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
युएईलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए । अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १÷१ विकेट लिए ।
युइर्एसंगको हारले नेपाल उपविजेतामा सिमित बनेको छ ।