नेपाल युएईले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै 

सोमबार, मंसिर १५, २०८२

काठमाडौँ :यु-१९ एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न युएईले नेपाललाई १४८ रनको लक्ष्य पेश गरेको छ ।  

यूएईको कारवान क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको युएई ४५ दशमलब ५ ओभरमा सबै विकेट गुमाउँदै  १ सय ४७ रनमा समेटियो । उसकालागि कप्तान अहमद खुदादादले सर्वाधिक ७१ रनको योगदान गरे । नुरउल्लाह अयोबीले २६ तथा अयान मिस्बाहले ११ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

युएईलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका दयानन्द मण्डलले सर्वाधिक ६ विकेट लिए ।  अपराजित पौडेलले २ तथा नितिशकुमार पटेल र कप्तान अशोक धामीले १÷१ विकेट लिए । १४८ रनको लक्ष्य पछ्याएको नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

यो समाचार तयारपार्दा सम्म नेपालले ३.४ ओभरको खेल सकिदाँ १ विकेटको क्षतिमा १३ रन जोडेको छ । भान्स क्षेत्री ६ तथा निश्चल क्षेत्री शुन्य रनमा क्रिजमा रहँदा निरजकुमार यादव ब्यक्तिगत १ रनमा आउट भएका छन् ।

सेमिफाइनलमा नेपालले मलेशियालाई र यूएईले ओमानलाई हराउँदै फाइनलमा पुगेका हुन् ।नेपाल र यूएई शीर्ष ३ मा रहँदै एशिया कपमा छनोट भएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १५, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्