सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :कर्णाली याक्सलाई हराउँदै काठमाण्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको प्लेअफ सम्भावना बलियो बनाएको छ ।
आज भएको खेलमा कर्णाली विरुद्ध ५ विकेटको जित निकाल्दै काठमाण्डुले प्लेअफ सम्भावना कायमै राखेको हो । जितकालागि कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
उसकालागि गेरहार्ड इरास्मसले नटआउट रहँदै सर्वाधिक ४३ रनको योगदान गरे । जोन सिम्सनले ४१ तथा बेन चाल्र्सवर्थले ३४ रन जोडे ।
त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ थालेको कर्णालीले निर्धारित ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएको थियो । उसकालागि गुल्शन झाले अविजित ४९ रनको योगदान गरे ।
पवन सर्राफले ३५ तथा मार्क वाटले ३० रन जोडे । बलिङतर्फ राशिद खानले सर्वाधिक २ विकेट लिए ।