सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सको विजयी यात्रामा ब्रेक लागेको छ ।
यसअघिका तीनै खेलमा लगातार जित निकालेको विराटनगर आज भएको चौथो खेलमा चितवन राइनोजसंग ४८ रनले पराजित भएको हो । जितकालागि १७५ रनको लक्ष्य पछ्याएको विराटनगर १६.५ ओभरमा सवै विकेट गुमाउँदै १२६ रनमा समेटियो ।
उसकालागि मर्चेन्ट डे लाङ्गेले सर्वाधिक ३९ ,प्रतिश जीसीले ३० तथा साम हिजलेटले २२ रनको योगदान गरेपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन छुन सकेनन् । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ रञ्जित कुमारले सर्वाधिक ५ विकेट लिए । कमल सिं ऐरीले २ तथा सोहिल तानवीर,कुशल मल्ल र सैफ जैवले १-१ विकेट हात पारे ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७४ रन बनाएको थियो । उसकालागि रवि बोपराले सर्वाधिक ६५ रनको योगदान गरे । सफ जैवले ३२ तथा देव खनालले ३८ रन जोडे । कप्तान कुशल मल्लले २० तथा डेभिड मलानले १७ रन बनाए ।
बलिङतर्फ मर्चेन्ट डे लाङ्गे र सन्दीप लामीछानेले लसर्वाधिक २-२ विकेट लिँदा शुभम रञ्जनेले १ विकेट हात पारे । १७५ रनको लक्ष्य पछ्याएको विराटनगरले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।
हारसंगै लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने विराटनगरको योजनामा धक्का लागेको छ ।