सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजले विराटनगर किंग्ससामु १७५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७४ रन बनायो । उसकालागि रबि बोपराले सर्वाधिक ६५ रनको योगदान गरे । सफ जइवले ३२ तथा देव खनालले ३८ रन जोडे ।
कप्तान कुशल मल्लले २० तथा डेभिड मलानले १७ रन बनाए । बलिङतर्फ मर्चेन्ट डे लाङ्गे र सन्दीप लामीछानेले लसर्वाधिक २-२विकेट लिँदा शुभम रञ्जनेले १ विकेट हात पारे ।
यसअघिका लगातार तीन खेलमा जितसहित विराटनगर तालिकाको दोस्रो स्थानमा छ । चितवन दुई खेलबाट दुई अङ्कका साथ तालिकाको चौथो स्थानमा छ ।
विराटनगर लगातार चौथो खेल जित्दै प्ले अफमा आफ्नो दाबेदारी प्रस्तुत गर्ने दाउमा छ ।