सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :आईसीसी टी–२० अलराउण्डरतर्फ दिपेन्द्र सिं ऐरीको वरियता खस्किएको छ ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीले आज सार्वजनिक गरेको नयाँ वरियता अनुसार ऐरी एक स्थान तल खस्किएर ८ औँ स्थानमा आईपुगेका छन् । कुनै बेला शीर्ष दुईमा पुगेका ऐरीको वरियता निरन्तर खस्किरहेको छ ।
टी–२० अलराउण्डरको शीर्ष स्थानमा जिम्मबाबेका सिकन्दर राजा छन् । उनले एक स्थान सुधार गर्दै शीर्षमा पुग्दा शीर्ष स्थानमा पाकिस्तानका खेलाडी सइम अयुब दोस्रो स्थानमा झरेका छन् ।