सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दक्षिण अफ्रिका विरुद्दको टेस्ट क्रिकेटमा भारतले लज्जास्पद हार बेहोरेको छ ।
गुवाहाटीमा भएको टेस्टमा भारतलाई ४०८ रनले हराउँदै दक्षिण अफ्रिकाले २५ वर्षपछि भारतविरुद्ध घरेलु मैदानमा टेस्ट शृङ्खलामा क्लिन–स्वीप गरेको हो । ५४९ रनको विशाल लक्ष्य पछ्याउँदै भारत बुधबार बारसापारा स्टेडियममा १४० रनमै समेटियो । दोस्रो इनिङ्समा रविन्द्र जडेजाले ५४ रन बनाएर खेलमा फर्कने प्रयास गरे पनि अरू ब्याट्सम्यान टिक्न सकेनन्। दक्षिण अफ्रिकाका स्पिनर साइमन हार्मरले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट हात पारे। यसअघि मंगलबार चौथो दिन दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा २६० रनमा दोस्रो इनिङ्स घोषणा गरेको थियो। पहिलो इनिङ्समा दक्षिण अफ्रिकाले ४८९ रन बनाएको थियो भने जवाफमा भारत २०१ रनमै समेटिएको थियो।
दुवै इनिङ्समा कमजोर प्रदर्शनले भारत आफ्नो घरेलु मैदानमै निकै फिक्को देखियो। लगातार दुई ठूला हारपछि टेस्ट क्रिकेटका लागि प्रशिक्षक गौतम गम्भीरको योग्यता र रणनीति प्रति व्यापक आलोचना भइरहेको छ।