सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दैछन् ।
खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजेदेखि सुरु हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर चौथो जितको खोजीमा हुनेछ । यसअघि लगातार तीन खेलमा जित निकालेको बिराटनगर नेट रनरेटका आधारमा अंक तालिकाको शीर्ष स्थानमा छ । दुई खेलबाट दुई अंक जोडेको चितवन तालिकाको चौथो स्थानमा छ ।
बिराटनगरले यसअघि पोखरा एभेन्जर्स, काठमाण्डू गोर्खाज र साविक विजेता जनकपुर बोल्टस्लाई पराजित गरेको थियो । विराटनगर आज त्यही लय कायम राख्ने लक्ष्यमा हुनेछ ।
पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराए पनि चितवनले दोस्रो खेलमा भने लुम्बिनी लायन्सविरुद्ध ६ विकेटको हार व्यहोरेको थियो ।