सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ ।
आज भएको आफनो खेलमा काठमाडौं गुर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो । जितकालागि सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डौँ १६.५ ओभरमा अलआउट हुँदै ११८ रनमा समेटियो ।
उसकालागि आकाश त्रिपाठीले बनाएको ३४ रन नै सर्बाधिक रह्यो । जोन सिम्पसनले २४,भीम सार्कीले १२,मिलन्द कुमारले ११ तथा सन्नी पटेलले १० रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित ओभरममा सवै विकेट गुमाएर १४७ रन बनाएको थियो । उसकालागि हर्मित सिंले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे ।
२० बल खेलेका उनले ६ छक्का र दुई चौका प्रहार गरे । कुनै बेला १५ ओभरमा ६ विकेट गुमाएर ८० रनको अबस्थामा रहेको सुदुरपश्चिमको इनिङ हर्मितले नै उकासे ।
दिपेन्द्र सिं ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाए ।इशान पाण्डेले ११ रन बनाए । हेमन्त धामीले ३ तथा अविनाश बाहेराले १ रन बनाए । ओपनर जोस ब्राउन र विनोद भण्डारी दुवै शून्य रनमै आउट भए भने स्टार ब्याटर क्रिस लिनले मात्र २ रन जोडे ।
स्कट क्रिस्टोफर कुग्गेलेइजन १ रनमा समेटिए । बलिङतर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए ।