सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजसामु १४८ रनको लक्ष्य पेश गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित ओभरममा सवै विकेट गुमाएर १४७ रन बनायो । उसकालागि हर्मित सिंले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५३ रनको योगदान गरे ।
२० बल खेलेका उनले ६ छक्का र दुई चौका प्रहार गरे । कुनै बेला १५ ओभरमा ६ विकेट गुमाएर ८० रनको अबस्थामा रहेको सुदुरपश्चिमको इनिङ हर्मितले नै उकासे ।
दिपेन्द्र सिं ऐरीले ३९ तथा आरिफ शेखले २५ रन बनाए ।एशान पाण्डेले ११ रन बनाए । हेमन्त धामीले ३ तथा अविनाश बाहेराले १ रन बनाए । ओपनर जोस ब्राउन र विनोद भण्डारी दुवै शून्य रनमै आउट भए भने स्टार ब्याटर क्रिस लिनले पनि मात्र २ रन जोडे ।
स्कट क्रिस्टोफर कुग्गेलेइजन १ रनमा समेटिए ।
बलिङतर्फ करण केसीले सर्वाधिक ४ विकेट लिए ।