विराटनगर किङ्ग्सले पाेखरालाई हरायाे

मंगलबार, मंसिर २, २०८२

काठमाडौं :नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा बिराटनगर किङ्ग्सले बिजयी सुरुवात गरेको छ । 

आज भएको दोस्रो खेलमा पोखरा एभेन्चर्सलाई ५३ रनले हराउँदै बिराटनगरले विजयी सुरुवात गरेको हो । जितकालागि बिराटनले दिएको २२१ रनको किर्तीमानी लक्ष्य पछ्याएको पोखराले १८.५ ओभरमा सवै विकेट गुमाउँदै १६७ रन मात्र बनाउन सक्यो ।

उसकालागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५९ रनको योगदान गरेपनि जित दिलाउन सकेनन् । आदम रोसिङटनले ३९ ,डान डाउथवेटले २९ तथा अभिषेक तिवारीले ११ रन बनाएपनि अन्य खेलाडीहरुले दोहोरो अंकको रन बनाउन सकेनन् ।

त्यसअघि त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको बिराटनगरले निर्धारित ओभरमा ६ विकेट गुमाएर किर्तमानी २२० रन बनाएको थियो ।  अहिले सम्मको एनपिएल इतिहासमा  बिराटनगरले बनाएको यो नै सर्वाधिक रन हो ।

उसकालागि लोकेश बम र मार्टिन गप्टिलले बिस्फोटक ब्याटिङ गरे । लाकेशले ७२ रन बनाउँदा गप्टिलले ६० रन जोडे । शुभम रञ्जनेले ३८ तथा बसीर अहमदले २३ रन बनाए । जर्ज मन्सी १० रनमा समेटिए । नारायण जोसी ११ रनमा अविजित रहँदा प्रतिश जीसीले खाता नै खोल्न सकेनन् । 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  २२:२४
प्रतिक्रिया दिनुहोस्