सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा बिराटनगर किङ्ग्सले पोखरा एभेन्चर्ससामु जितकालागि २२१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङमा तानिएको बिराटनगरले निर्धारित ओभरमा ६ विकेट गुमाएर २२० रन बनायो । उसकालागि लोकेश बम र मार्टिन गप्टिलले बिस्फोटक ब्याटिङ गरे ।
लोकेशले ७२ रन बनाउँदा गप्टिलले ६० रन जोडे । शुभम रञ्जनेले ३८ तथा बसीर अहमदले २३ रन बनाए ।
जर्ज मन्सी १० रनमा समेटिए । नारायण जोसी ११ रनमा अविजित रहँदा प्रतिश जीसीले खाता नै खोल्न सकेनन् ।