यू–१९ प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा

मंगलबार, मंसिर २, २०८२

काठमाडौं :एसीसी पुरुष यू–१९ प्रिमियर कपका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १४ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको छ ।

टोलीको कप्तानी अशोक धामीले गर्नेछन्। घोषित टोलीमा कप्तान धामीसहित विकेटकिपर निरज यादव, निश्चल क्षेत्री, आशिष लोहार, सुशील रावल, किब्रिन श्रेष्ठ, दारश सोनार, दयानन्द मण्डल, दिलसाद अली, नितेश पटेल, चन्दन राम, रोशन विक, अपराजित पौडेल र भान्स क्षेत्री रहेका छन् ।

नोभेम्बर १९ देखि डिसेम्बर १ सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ, जहाँ उसको प्रतिस्पर्धा हङकङ र साउदी अरेबियासँग हुनेछ।

कुल १४ राष्ट्र सहभागी हुने यू–१९ प्रिमियर कपबाट शीर्ष तीन टोली यू–१९ एशिया कपका लागि छनोट हुनेछन् । 

aa-1763459365.jpg


 

प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १५:३४
प्रतिक्रिया दिनुहोस्