सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग एनपिएलमा चितवन राइनोजले कर्णाली याक्सलाई पराजित गरेको छ ।
प्रतियोगिताको दोस्रो तथा मंगलवारको पहिलो खेलमा कर्णालीलाई ४ विकेटले हराउँदै चितवनले विजयी सुरुवात गरेको हो । जितकालागि लागि १ सय ६७ रनको लक्ष्य चितवनले १९.१ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो ।
उसकालागि रबि बोप्राले अर्धसतकिय पारी खेल्दे सर्वाधिक ५२ रनको योगदान गरे । दिपक बोहराले ४२ तथा शइफ जैबले ३८ तथा कप्तान कुशल मल्लले २० रन बनाए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ६६ रन जोडेको थियो । कर्णालीका लागि ओपनर प्रियाङक पन्चलले सर्वाधिक ९० रनको योगदान दिए । म्याक्स ओ डाउडले २० रन बनाए । पवर सरार्फ २७ र मार्क वाटले १६ रन बनाए ।
चितवनका लागि सोहेल तनविर, सैफ जैव र रवि बोपाराले समान एक विकेट लिए ।