सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेलहरु हुने भएका छन् ।
बिहान ११ बजे हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजे हुने दोस्रो खेलमा बिराट नगर किङ्स र पोखरा एभेन्चर्सबीच प्रतिस्पर्धा हुने नेपाल क्रिकेटसंघ क्यानले जनाएको छ । दुबै खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा हुनेछ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा सुरु भएको प्रतियोगिता यहि मंसिर २७ गतेसम्म चल्ने छ।
एनपीएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् । जसमा ९ खेल दिउँसो र २३ खेल डे–नाइटमा हुनेछन् । प्रतियोगितामा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोली सहभागी छन् ।
एनपिएलको प्रत्यक्ष प्रसारण नेपालमा कान्तिपुर म्याक्स टिभी तथा नेपाल बाहिर स्टार स्पोर्टस बाट हेनै सकिनेछ ।