सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गुर्खाजले विजयी सुरुवात गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा आज भएको उद्घाटन खेलमा साबिक विजेता जनकपुर बोल्ट्सलाई ५ विकेटले हराउँदै काठमाण्डुले विजयी सुरुवात गरेको हो । जितकालागि जनकपुरले दिएको १३१ रनको मध्यम लक्ष्य काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
काठमाण्डुको जितमा बेन जेफ्री चाल्र्सवर्थले सर्वाधिक ४६ रनको योगदान गरे । आकाश त्रिपाठीले ३९ तथा लिन्द कुमारले १९ रन जोडे । जोन सिम्पसनले १३ रन जोड्दा भीम सार्की ३ रनमा समेटिए । मोहम्मद आदिल आलम ८ तथा जेरार्ड इरासमस १ रनमा अजिजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङमा तानिएको जनपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । उसकालागि आशिफ शेखले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५४ रनको योगदान गरे । ४१ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । मयन यादवले अविजित ३१ तथा लाहिरु समाराकुनले २२ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।
लाहिरु मिलान्थाले ७ तथा सञ्जय कृष्णमुर्ति र जान निकोलले २–२ रन बनाए । कप्तान अनिल शाहले खाता नै खोल्न सकेनन् । बलिङतर्फ मिलन्द कुमारले सर्वाधिक ३ विकेट लिए ।
करण केसी, साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए ।