एनपीएल-२

जनकपुरले काठमान्डु गुर्खाजलाई दियो १३१ रनको लक्ष्य 

सोमबार, मंसिर १, २०८२

काठमाडौँ :नेपाल प्रिमियर लिग (एनपीएल)मा साबिक बिजेता जनकपुर बोल्ट्सले  काठमान्डु गुर्खाजसामु जितकालागि १३१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङमा तानिएको जनपुरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३० रन बनायो । उसकालागि आशिफ शेखले अर्धसतकिय पारी खेल्दै सर्वाधिक ५४ रनको योगदान गरे । ४१ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे । मयन यादवले अविजित ३१  तथा लाहिरु समाराकुनले २२ रन बनाएपनि अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लाहिरु मिलान्थाले ७ तथा सञ्जय कृष्णमुर्ति र जान निकोलले २–२ रन बनाए । कप्तान अनिल शाहले खाता नै खोल्न सकेनन् । बलिङतर्फ मिलन्द कुमारले सर्वाधिक ३ विकेट लिए ।

करण केसी, साहब आलम र सन्तोष यादवले १–१ विकेट लिए । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्