सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्ट क्रिकेटमा भारत पराजित भएको छ ।
भारतलाई दक्षिण अफ्रिकाले ३० रनले हराएको हो । योसँगै १५ वर्षपछि घरेलु मैदानमा दक्षिण अफ्रिकासँग टेस्ट म्याचमा भारतले हार बेहोरेको छ । कोलकाताको इडेन गार्डेन्समा भएको खेलमा १२४ रनको लक्ष्य पाएको भारत ३५ ओभरमा मात्र ९३ रन बनाएर अलआउट भयो । भारतका वाशिङ्टन सुन्दरले सर्वाधिक ३१ रन बनाए भने अक्षर पटेलले २६ र रवीन्द्र जडेजाले १८ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका साइमन हार्मरले घातक बलिङ गर्दै ४ विकेट हात पारे । मार्को जेन्सेन र केशव महाराजले २–२ विकेट लिए । यसअघि, दक्षिण अफ्रिकाले पहिलो पारीमा १५९ र दोस्रो पारीमा १५३ रन बनाएको थियो । भारतले आफ्नो पहिलो पारीमा १८९ रन बनाउँदै ३० रनको अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा हारको सामना गर्नु परेको हो ।
हारसँगै भारत दुई खेलको सिरिजमा १–० ले पछि परेको छ ।