सोसल मिडिया
हाम्रो बारेमा
प्रयोगका सर्त
काठमाडौँ :नेपाल क्रिकेट संघ क्यानले पर्सिदेखि सुरु हुने नेपाल प्रिमियर लिग एनपीएलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आज काठमाडौंमा पत्रकार सम्मेलन गरी क्यानले एनपीएलको तयारी पूरा भएको जनाएको हो । आयोजक क्यानले एनपीएलबाट यसपटक करिब ४० करोड बराबर रकम उठाउने लक्ष्य लिएको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस वर्ष टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठाउने अनुमान रहेको बताए ।
अहिलेसम्म स्पोन्सरसिपबाट १५ करोड ४० लाख रुपैयाँ, टिमबाट ९ करोड रुपैयाँ र डिजिटल माध्यममा प्रसारणका लागि ओटीटी बिक्रीबाट ५ करोड ३० लाख उठेको क्यानले जनाएको छ । गत वर्षबाट सुरु भएको एनपीएल यस वर्ष रातिमा पनि हुने भएको छ । गत वर्षको तुलनामा यस वर्ष कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ब्यापक परिवर्तन गरिएको छ ।
एनपीएलको उद्घाटन खेलमा साविक बिजेता जनकपुर बोल्ट्स र काठमाडौं गुर्खाजबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो ४ बजेदेखि सुरु हुने उद्घाटन खेल नै फ्ल्डलाइटमा हुने क्यानले जनाएको छ ।